२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कार्यपालिका सदस्य सुभावती चमारको निधनमा आज सिद्धार्थनगरमा शोक बिदा

बिहिवार , भाद्र ४, २०८३

  • 397
    Shares
  • 397
    Shares
  • भैरहवा, ४ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहीबार (आज) शोक बिदा दिएको छ । नगर कार्यपालिका सदस्य सुभावती चमारको निधनमा नगरपालिकाले बिदा दिएको हो ।

    नगरप्रमुख इश्तियाक अहमद खाँले चमारको भदौ ३ गते बुधबार (राती) ११ः३० बजे आफ्नै निवासमा निधन भएको जानकारी दिनुभयो ।  भदौ ४ गते सिद्धार्थनगर नगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा गरिएको उहाँले बताउनुभयो ।

    ‘सुभावती चमारले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ । यस दुःखद घडीमा सिद्धार्थनगर नगरपालिका परिवार दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रतिन गहिरो समवेदना व्यक्त गर्दछौं, ’नगरप्रमुख खाँले भन्नुभयो ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ निवासी चमार नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो ।