बिहिवार , भाद्र ४, २०८३
भैरहवा, ४ भदौ । प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण प्रसाद घिमिरे उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) छनौट हुनुभएको हो ।
सांगठनिक नीति–निर्देशनबमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्दै कार्यालयको केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखा प्रमुखको रुपमा खटि दिइएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको भन्दै उहाँलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक पोखरेलले पुरस्कृत गर्नुभएको हो ।
त्यस्तै प्रहरी निरीक्षक घिमिरेले मातहत प्रहरी इकाईहरुबाट अनुरोध भएबमोजिम घटनास्थलमा खटी अनुसन्धान कार्यमा सहयोगी भूमिका निर्वाह गर्नुका साथै दूरसञ्चार समन्वय शाखाबाट अपराध अनुुसन्धानमा आवश्यक प्राविधिक सहायता प्रदान गरेको, दैनिक रुपमा कार्यालयको कार्यसम्पादन तथा शाखाको अभिलेखीकरणलगायत स्वीकृत कार्ययोजनाअनुसारका निर्धारित क्रियाकलापहरु प्रभावकारी रुपमा सञ्चालन गरेको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij