२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रुपन्देहीमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारका लागि सम्झौता

शुक्रवार , भाद्र ५, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • रुपन्देही, ५ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पुनः सन्चालन हुने भएको छ । अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले जलवायुु, वातवरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई वार्षिक २५ हजार रुपन्देहीसहित पुुरस्कृत गर्ने गरी महासंघको समन्वयमा उत्कृष्ट वातवरण पत्रकारिता पुुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुुरस्कार केही वर्ष रोकिएर पुनः सञ्चालनमा आउने भएको हो ।

    शुुक्रबार नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रिय सदस्य समेत रहनुभएका सापकोटा र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले संयुुक्त रुपमा हस्ताक्षर गरी उक्त पुुरस्कार सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

    पुुरस्कार कोषको लागि अग्रज पत्रकार सापकोटाले ५ वर्षको रकम एकमुुष्ट १ लाख २५ हजार पत्रकार महासंघसँगको संयुुक्त खातामा जम्मा गर्ने गरी चेक हस्तान्तरण गर्नुभयो । उहाँले भन्नुुभयो–‘आज विश्वको वातवरण मानवीय जीवनको लागि चुनौतिपूर्ण बन्दै गएको छ । पत्रकारहरुले वातावरण, जलवायुु र पर्यावरणको मुुद्दामा सशक्त रुपमा उठाउन प्रोत्साहन गर्नुु जरुरी छ । यो पुुरस्कार वातवरण क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ ।’

    नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा २०७३ सालमा स्थापना भएको उक्त पुुरस्कार केही वर्ष रोकिएर पुनः नयाँ ढंगले सञ्चालन भएकोमा खुुसी लागेको महासंघका अध्यक्ष दिनेश पाण्डेले बताउनुुभयो । अध्यक्ष पाण्डेले भन्नुुभयो–‘नेपाल पत्रकार महासंघ रुपन्देहीसँग धेरै पुरस्कारहरु छन् ।  तीनलाई व्यवस्थित गर्ने क्रममा हामीले केही वर्ष वितरण गर्न रोकिएको उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ सम्झौता गरेर नयाँ ढंगले सञ्चालन गरेका छौं । ’

    उक्त पुुरस्कार प्रत्येक वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्मको पाँचवटा रिर्पोट, समाचार, फिचरलाई मूल्यांकन गरी विश्व वातवरण दिवसको दिन उक्त पुुरस्कार वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासंघका सचिव सी.पी. खनालले बताउनुुभयो । पुुरस्कारको लागि निर्देशिकामा पत्रकार महासंघ रुपन्देहीको सदस्यता नवीकरण गरेको हुुनुुपर्ने अनिवार्य प्रावधान समेत राखिएको

    छ।
    नेपाल पत्रकार महासंघले २०७३ सालदेखि वितरण गर्दै आएको उक्त पुुरस्कार अहिलेसम्म शेरबहादुर के.सी., छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टोपराज शर्मा, तेजेन्द्र के.सी. र दिनेश पाण्डेले प्राप्त गरिसक्नुभएको छ ।

    बीचमा विशेष कारणवश रोकिएको उक्त पुुरस्कार अबका दिनमा थप व्यवस्थित गर्ने गरी पत्रकार महासंघले निर्देशिका बनाएर अगाडी बढेको हो । २०२९ सालदेखि पत्रकारिता सुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा वि.सं. २०३१ सालदेखि २०६० सालसम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन भएको थियो ।

    वि.सं. २०४७ सालदेखि वातावरण बचाऊ आन्दोलनको अध्यक्ष भइ काम गर्नुभएका सापकोटाले सोही अभियानमार्फत रुपन्देही एफ.एम. पनि सञ्चालन गर्नुुभएको छ । काठमाडौंबाहिर बसेर तीसको दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनुुभएका अग्रज पत्रकार सापकोटाले वातावरण क्षेत्रमा विशेष दख्खल राख्नुुहुुन्छ ।