२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

लेखापढी व्यवसायी एसोसिएसन भैरहवाद्वारा रक्तदान कार्यक्रम

शनिवार , भाद्र ६, २०८३

  • 715
    Shares
  • 715
    Shares
  • भैरहवा, ६ भदौ । नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति भैरहवाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान, जीवनदान भन्ने मूल नाराका साथ भैरहवामा कार्यक्रमको आयोजना गरिएको हो । 

    इकाइ समितिका अध्यक्ष शिव भण्डारीलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लेखापढी व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्याय, उद्योगी ध्रुव कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

    a6b7a366-712c-4272-97f4-322f45ed0567.jpg

    रेडक्रस रुपन्देही अन्तर्गत रक्त सञ्चार सेवा इकाइ भैरहवाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ४१ जना दाताले रक्तदान गरेका थिए।

    रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै समाजसेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।