२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

यस्तो छ राप्रपा रुपन्देहीको निर्वाचन कार्यक्रम

सोमवार , भाद्र ८, २०८३

  • 565
    Shares
  • 565
    Shares
  • भैरहवा, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीको निर्वाचन कार्यतालिका (कार्यक्रम) सार्वजनिक भएको छ । यही भदौ १४ गते राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन भैरहवामा हुने पार्टीका नेता तथा अधिवेशनको सूचना तथा सञ्चार व्यवस्थापन समिति संयोजक अजय कुमार गुप्ताले बताउनुभयो ।

    कार्यक्रम अनुसार भदौ ९ गते दिउँसो ३ः३० बजे राप्रपा जिल्ला पार्टी कार्यालयमा मतदाता नामावली प्रथमपटक प्रकाशन गर्ने भनिएको छ । मतदाता नामावली सच्याउने समय सोही दिन दिउँसो ३ः४० देखि ४ बजेसम्मका लागि तोकिएको छ ।

    निर्वाचन समिति संयोजक सीताराम सिंहका अनुसार मतदाता नामावली उपर दावी विरोध भदौ ९ गते साँझ ४ः४५ देखि ५ बजेसम्म गर्न सकिनेछ । मतदाताको अन्तिम नामावली सोही दिन साँझ ५ः३० बजे सार्वजनिक गरिनेछ ।

    उम्मेदवारी दरखास्त फारम वितरण भदौ १३ गते दिउँसो १२ देखि १ः३० बजेसम्म वितरण गरिनेछ । उम्मेदवारको नामावली प्रकाशन सोही दिन दिउँसो २ः३० बजे गरिने सिंहले जानकारी दिनुभयो ।

    उम्मेदवारको नामावली उपर दावी विरोध भदौ १३ गते दिउँसो २ः४५ देखि ३ बजेसम्म गर्न सकिनेछ । त्यस्तै उम्मेदवारको दोस्रो नामावली प्रकाशन सोही दिन दिउँसो ३ः१५ बजे (राप्रपा पार्टी कार्यालय)मा गरिनेछ ।

    उम्मेदवारी फिर्ता भदौ १४ गते दिउँसो ३ बजेसम्म पटवा बैंक्वेटमा गर्न सकिने र उम्मेदवारको अन्तिम नामावली सोही स्थानमा दिउँसो ३ः३० बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । 

    मतदान (निर्वाचन प्रक्रिया) भदौ १४ गते दिउँसो ४ः३० देखि ६ः३० बजेसम्म पटवा बैंक्वेटमा, मतदान समाप्ती पश्चात मतगणना, त्यसपश्चात निर्वाचनको नतिजा प्रकाशन, प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम गरिने निर्वाचन समितिले जनाएको छ ।

    WhatsApp Image 2026-08-24 at 5.32.00 PM.jpeg