सोमवार , भाद्र ८, २०८३
भैरहवा । बिशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना भएका उद्योग बिस्थापित हुँदा भौतिक संरचना अर्को उद्योगलाई दिईने व्यवस्था मिलाउन सांसद पुनम अग्रवालको आग्रह गर्नु भएको छ । संघिय संसदमा बोल्दै सांसद अग्रवालले करोडौ खर्चिएर सेजमा संरचना निर्माण गरी उद्योग सञ्चालन गर्न खोज्दै गर्दा बिविध कारणले उद्योग बाहिरिनु पर्दा भौतिक संरचना बिक्रि गर्न पाउनु पर्नेमा जोड दिनुभयो ।
सांसद अग्रवालले भन्नुभयो( “सेजको नीतिगत उल्झनका कारण सेजबाट बाहिरिन चाहेका उद्योगले करोडौं रुपैया लगानी गरेर बनाएका भौतिक संरचना एक बर्ष भित्र भत्काउनु पर्ने प्राबधान छ, यसले उद्योगीलाई थप आर्थिक भार पार्छ, त्यसैले भौतिक संरचना बिक्री गरेर हट्न पाउनु पर्ने कुरालाई ग्यारेन्टी गर्न सम्बन्धीत मन्त्रालयलाई आग्रह गर्दछु ।”
भैरहवास्थित बिशेष आर्थिक क्षेत्र (सेज)मा अहिले पञ्चकन्या समुह अन्तरगतको पञ्चकन्या एस.एस. एक्सपोर्ट प्रालिले सेजले नीतिगत उल्झनका कारण ३ करोड बढी लगानी लगाएको भौतिक संरचना भत्काएर कवाडको भाउमा बिक्रि गर्नुपर्ने बाध्यात्मक परिस्थीतिको सामान गर्ने चरणमा पुगेको छ ।
स्टीलका ट्याङकी उत्पादन गर्दै आएको पञ्चकन्या एस.एस. एक्सपोर्टले तत्कालिन समयमा भारत सरकारले स्टील
आयतमा रोक लगाएपछि सेजबाट बाहिर निस्कने निर्णय गरेको थियो । पञ्चकन्या समुहले केहि दिन अगाडि पत्रकार सम्मेलन गर्दै निर्माण भएको संरचना बिक्रि गर्न पाउनु पर्ने माग गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij