२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

राष्ट्रिय सभामा सांसदहरूको आक्रोश

मंगलवार , भाद्र ९, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौँ, ९ भदौ । सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । 

    राष्ट्रिय सभाको मंगलवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् । सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक र व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिँदै बाल यौन हिंसाका मुद्दाहरूलाई ‘फास्ट ट्रयाक कोर्ट’ मार्फत कारबाही गरी हदैसम्मको सजाय दिन माग गर्नुभयो ।

    सांसद सोमनाथ पोर्तेलले पीडित परिवारलाई दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको कडा आलोचना गर्नुभयो । उहाँले नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गर्नुभयो । 

    सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारको तथ्याङ्क डरलाग्दो रूपमा बढेको उल्लेख गर्दै यसले सिंगो समाज र परिवारलाई विखण्डन गरिरहेको बताउनु भयो ।