२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

बाउन्नकोटी सामुदायिक वनले बिभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउदै

मंगलवार , भाद्र ९, २०८३

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा । रुपन्देहीको बाँउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव–२०८३ विविध कार्यक्रमसहित मनाउने भएको छ।

    वन उपभोक्ता समुहले आज पत्रकार सम्मेलन गर्दै बिभिन्न ९ वटा कार्यक्रम गर्दै रजत महोत्सव गर्ने जनाएको छ । 
    महोत्सवअन्तर्गत वृक्षारोपण, सामुदायिक वन सम्बन्धी अन्तरक्रिया, आँखा शिविर, साइकल दौड, वक्तृत्वकला, अनाथ आश्रममा खाना खुवाउने कार्यक्रम देखि तीजगीत प्रतियोगिता तथा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्याम बस्यालले जानकारी दिनुभयो । 

    WhatsApp Image 2026-08-25 at 2.20.50 PM.jpeg

    तिलोत्तमा नगरपालिकाका ४ वटा वडा, ओमसतिया गाउँपालिकाका २ वटा वडा र सियारी गाउँपालिकाको एउटा वडा भित्र पर्ने उक्त सामुदायिक वन पर्यटकिय गन्तव्यको रुपमा समेत विकसित हुदै गएको छ । उक्त सामुदायिक वन भित्र प्राचिन बाहुन्नकोटी सिद्ध मन्दिर, नन्द भाउजु ताल, पिकनिक स्पोट रहेको छ । 

    WhatsApp Image 2026-08-25 at 2.20.51 PM.jpeg

    कार्यक्रमअनुसार असोज १० गते बिहान ८ बजेदेखि वृक्षारोपण, असोज १४ गते बिहान ११ः३० बजे अन्तरक्रिया र असोज १६ गते बिहान ७ बजे आँखा शिविर सञ्चालन हुने कार्यक्रम तय भएको अध्यक्ष तारावहादुर छन्त्यालले जानकारी दिनुभयो। 

    त्यस्तै, असोज २० गते बिहान ८ बजे साइकल दौड, २१ गते बिहान ११ बजे वक्तृत्वकला प्रतियोगिता, २४ गते साँझ ४ बजे अनाथ आश्रममा खाना खुवाउने, २५ गते बिहान ११ बजे तीजगीत प्रतियोगिता र २६ गते बिहान १० बजे भलिबल प्रतियोगिता आयोजना गरिने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । मूल समारोह कार्यक्रम २०८३ असोज ४ गते आयोजना हुने तय गरिएको छ । 

    सामुदायिक वनको संरक्षण, वातावरणीय सचेतना, सामाजिक उत्तरदायित्व तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव दुर्गि रानाले जानकारी दिनुभयो ।