२०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

रसुवा बाढी : प्रधानमन्त्री कार्यालयमा विपद् व्यवस्थापन परिषद्को बैठक, उद्धार र राहतमा जुट्न निर्देशन

बुधवार , भाद्र १०, २०८३

  • 373
    Shares
  • 373
    Shares
  • काठमाडौँ, १० भदौ । रसुवामा आज बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र साहले बोलाउनुभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पु¥याएको पछिल्लो क्षतिको विवरणबारे विस्तृत ब्रिफिङ गरिएको हो । बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

    ब्रिफिङ पश्चात प्रधानमन्त्री शाहले आगामी कदमका सम्बन्धमा सरोकारवाला सबै निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । उहाँले विपद्को यस घडीमा बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकहरूको प्रभावकारी उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक जुट्न सबैलाई आह्वान गर्नुभएको छ । 

    सरकारले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै राहत र पुनस्र्थापनाका कार्यलाई तिब्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।