२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

रामजानकी मन्दिर पडसरीमा रुद्रीपूजा

बुधवार , भाद्र १०, २०८३

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरमा (श्रावणमासको अन्तिम सोमबार) रुद्रीपूजा, पाठपरायण, लक्ष्यद्विप प्रज्वलन, भजनकिर्तन लगायतका कार्यक्रम सम्पन्न भएको छ।

    मन्दिर सञ्चालक समिति अध्यक्ष फत्तुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भक्तजन समिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । मन्दिरमा विभिन्न समयमा धार्मिक कार्यक्रमहरु हुँदै आइरहेका छन् । 

    कार्यक्रममा मन्दिरलाई अझै व्यस्थित गर्दै लैजाने र भावी दिनमा नयाँनयाँ योजना बनाएर जाने बताइएको थियो । रामजानकी मन्दिर यस क्षेत्रमै जग्गा भवन र पायक पर्ने ठाउँमा भएर पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको अध्यक्ष भण्डारीले बताउनुभयो । यस क्षेत्रकै पुरानो मन्दिर सबैसँग सहयोग चन्दा लिएर मन्दिर व्यवस्थित बनाइएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा गणेश मन्दिर निर्माणाधिन अवस्थामा रहेको भण्डारीले बताउनुभयो । श्री १००८ स्वामी रामशरण दासजी महाराजको पनि मन्दिर स्थापनामा ठूलो भुमिका रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा मन्दिर सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र उपाध्याय, बाबुराम पौडेल मीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।