२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

तिलोत्तमाद्वारा भोटेकोसी बाढीपीडितलाई ४० लाख सहयोग

बिहिवार , भाद्र ११, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ११ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

    नगरपालिकाको तर्फबाट रु. २५ लाख तथा जनप्रतिनिधि र कर्मचारीको तीन दिन बराबरको सेवा–सुविधाबाट रु. १५ लाख गरी कुल रु. ४० लाख सहयोग गर्ने निर्णय गरिएको हो ।

    बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।