आइतवार , भाद्र १४, २०८३
भैरहवा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको आइतबार भैरहवामा सम्पन्न सातौं जिल्ला अधिवेशनले पुनः सागर प्रताप राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहनुभएका राणाको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको सदस्यमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र के.सी. खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पासी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी (कुर्मी), रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार रहनुभएको छ ।
त्यस्तै सदस्यमा रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रबिन्द्र कुमार पाण्डे, सलमान अहमद खाँ, इशान भण्डारी, शंकर खत्री, राधिका पाण्डेय, नाजिर अलि, सनोज कुमार यादव, अरुणा हमाल ठकुरी, हरिबहादुर केसी, राजेन्द्र प्रसाद साहनी, पम्फा कुमारी कुँवर, दिलीप बहादुर खत्री तिवारी, मनमोहन न्यौपाने, राजेश कुमार ढकाल, रामु बरई, शाहरुख पठान र जगत बहादुर खत्री क्षेत्री पनि रहनुभएको छ ।
राप्रपा रुपन्देहीका निवर्तमान उपाध्यक्ष तथा युवा नेता अजय कुमार गुप्ताले राप्रपाको केन्द्रदेखि जिल्ला तहसम्मको नेतृत्वमा कुल पदाधिकारी संख्याको दुईतिहाइ निर्वाचित हुने बताउनुभयो । उहाँले बाँकी पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।
गुप्ताका अनुसार कार्यसमितिको पदाधिकारीमा एकजना महिला उपाध्यक्ष अनिवार्यसहित तीनजना उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एकजना सह–सचिव र एकजना सह–कोषाध्यक्ष रहने गर्छ । राप्रपा रुपन्देहीको सातौं जिल्ला अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij