२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

काँग्रेस सिद्धार्थनगरको सभापतिमा उम्मेदवारी दिने देवराज न्यौपानेको घोषणा

आइतवार , भाद्र १४, २०८३

  • 721
    Shares
  • 721
    Shares
  • भैरहवा, १४ भदौ । नेपाली काँग्रेस नगरसमिति सिद्धार्थनगरको नगर सभापति पदमा देवराज न्यौपानेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । न्यौपानेले आफूलाई जुझारु, मुद्दामुखी र मिलनसार व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै सिद्धार्थनगर काँग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले युवा जोश र अग्रजहरूको अनुभवलाई समेटेर संगठनलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

    उहाँको प्रचार सामग्रीमा निष्ठा, इमानदारी र सक्रिय नेतृत्व, कार्यकर्ताको सम्मान, संगठन सुदृढीकरण, सबैलाई समेट्ने नेतृत्व तथा एकता, संगठन र समर्पणलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

    न्यौपानेले नगर काँग्रेसको नेतृत्वमा निर्वाचित भएमा संगठनलाई व्यक्तिभन्दा विचार र कार्यकर्ताको भावनालाई प्राथमिकता दिँदै अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । साथै, अग्रजहरूको साथ, सहयोग र मार्गदर्शनमा सिद्धार्थनगर काँग्रेसलाई थप मजबुत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

    ‘१५ औं महाधिवेशन सफल पारौँ, नेपाली कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाऔं’ भन्ने सन्देशसहित उहाँले नगर प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मत दिन अपील गर्नुभएको छ । न्यौपानेले हाल काँग्रेस सिद्धार्थनगरको कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिरहनुभएको छ ।