२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

बाढीप्रभावितका लागि लायन्स सिद्धार्थनगरद्वारा १ लाख ५१ हजार सहयोग

सोमवार , भाद्र १५, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा, १५ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगरले भोटेकोशी बाढीबाट प्रभावितहरुको सहयोगका लागि १ लाख ५१ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । 

    प्रभावित परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको क्लबका द्वितीय उपाध्यक्ष कमल ज्ञवालीले बताउनुभयो ।

    क्लबले सामाजिक क्षेत्रमा काम गर्नुका साथै विपद्मा परेका नागरिकलाई सहयोग गर्दै आएको अध्यक्ष उमेश थापाले बताउनुभयो ।