२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

सिद्धार्थ सञ्जालको तीजगीत प्रतियोगिता स्थगित, बाढीपीडितलाई सहयोग गर्ने

सोमवार , भाद्र १५, २०८३

  • 454
    Shares
  • 454
    Shares
  • भैरहवा, १५ भदौ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यही भदौ २४ गते आयोजना गर्न लागेको खुला तीज गीत तथा नृत्य प्रतियोगितासहित सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ । आइतबार भैरहवामा बसेको सञ्जालको बैठकले भदौ १० गते रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भदौमा गरिने सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

    सञ्जालले भदौमा आयोजना गर्ने भनेको तीजगीत प्रतियोगिता लगायतका कार्यक्रमहरुको सम्पूर्ण खर्चवापतको रकम बाढीपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री देवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।

    सञ्जालको बैठकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यक्रममा खटिएका सुरक्षा निकाय, स्थानीयबासी, संघ–संस्थाहरु ल्गायत सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ । उद्धार कार्यमा कमी हुन नदिन पनि सरकारसँग सञ्जालले आग्रह गरेको छ ।