२०८३, भाद्र १६ गते

Sep 01 2026 | २०८३, भाद्र १६ गते

बाढीप्रभावितका लागि राहत जुटाउँदै युनाईटेड लुम्बिनी युथ सोसाइटी

मंगलवार , भाद्र १६, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १६ भदौ । रसुवामा हालै आएको बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि युनाईटेड लुम्बिनी युथ सोसाइटीले सहयोग जुटाइरहेको छ । उक्त संस्थाले भैरहवा र लुम्बिनीमा राहत संकलन केन्द्र राखेर आवश्यक सामग्री संकलन गरेको हो ।

    संस्थाका अध्यक्ष शिखर पन्थीले नेपाल आएका विदेशी पर्यटकलाई समेत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा रकम जम्मा गर्नेबारे जानकारी गराइएको बताउनुभयो । ‘बाढीबाट भएको क्षतिसम्बन्धी जानकारी गराउन अंग्रेजी तथा चिनियाँ भाषामा पनि राहत संकलन केन्द्रमा ब्यानर राखेका छौं, जसले नेपाल आएका विदेशी नागरिकले पनि यहाँको अवस्थाबारे जानकारी पाएर प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा रकम जम्मा गरेका छन्, ’उहाँले भन्नुभयो ।

    62ab701e-943f-44cc-b0ac-ecbd85f07240.jpg

    त्यस्तै पिउने पानी, खाद्यान्न सामग्री, लत्ताकपडा, कम्बल, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक सामग्री संकलन भइरहेको उहाँले जानकारी दिनुभयो । संकलित सामग्री छिट्टै नै बाढीप्रभावित क्षेत्रमा पठाइने उहाँको भनाइ छ ।