२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

रुपन्देही र नवलपरासीमा बगेर आएका शवको व्यवस्थापन राम्रोसँग भइरहेको छ : सांसद पौड्याल

बुधवार , भाद्र १७, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, १७ भदौ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देही र पश्चिम नवलपरासीमा बाढीमा बगेर आएका शवको पहिचान, डीएनए परीक्षण तथा परिवारलाई हस्तान्तरणको काम तीनै तहका सरकारको समन्वय र सहकार्यमा भइरहेको बताउनुभएको छ ।

    बुधबार रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर सांसद पौड्यालले बेपत्ता व्यक्तिका परिवारसँग भेटघाट गर्नुका साथै शव व्यवस्थापन तथा पहिचान प्रक्रियाको स्थलगत अवलोकन गर्नुभएको हो ।

    त्यसपछि पश्चिम नवलपरासी पुग्नुभएकी सांसद पौड्यालले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलगायत सम्बन्धित अधिकारीसँग छलफल गर्दै सुरक्षा र शव व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभयो ।

    परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा समेत शव व्यवस्थापनको अनुगमन गर्दै उहाँले ठूलो संख्यामा आएका शवको पहिचान, डीएनए परीक्षण तथा परिवारलाई हस्तान्तरणका लागि खटिएको टोलीको कामबारे जानकारी लिनुभयो ।

    WhatsApp Image 2026-09-02 at 8.21.58 PM (1).jpeg

    ‘आफन्तको खोजीमा अस्पताल पुगेका परिवारजनको आँखामा आँसु, पीडा र अनिश्चितता देख्दा मन अत्यन्तै भारी भयो,’पौड्यालले भन्नुभयो-‘यस्तो विषम परिस्थितिमा दिनरात नभनी खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा व्यवस्थापन टोलीप्रति हृदयदेखि सम्मान र कृतज्ञता व्यक्त गर्दछु ।’

    WhatsApp Image 2026-09-02 at 8.21.58 PM.jpeg

    उहाँले संघ, प्रदेश र स्थानीय सरकार तथा प्रशासनबीच समन्वय कायम गर्दै खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनरुत्थानका कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । पौड्यालले बाढीमा ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति हार्दिक व्यक्त गर्नुभएको छ ।