२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसमा चेतनामूलक कार्यक्रम

बिहिवार , भाद्र १८, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, १८ भदौ । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसको अवसरमा विद्यालयमा चेतनामूलक कार्यक्रम बुधबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ स्थित ब्राइटस्टार इंगलिस सकेण्डरी स्कूलका कक्षा ८ र ९ का विद्यार्थीलाई मानव बेचबिखन भनेको के हो, कसरी बेचिन्छ, कानूनी व्यवस्था केछ ,कसरी बेचबिखनबाट जोगिन सकिन्छ,जस्ता विविध विषयमा माइती नेपाल आवधिक गृह भैरहवाको प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

    WhatsApp Image 2026-09-03 at 6.32.35 AM.jpeg

    सो कार्यक्रममा ४७ जना विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा शिक्षक एल.बी. रौतार, अजिता रायमाझी, कैलाशपति कर्ण लगायतको उपस्थिति थियो ।

    हरेक वर्ष सेप्टेम्बर ५ अर्थात भदौ २० गते यो दिवस मनाइन्छ । यो वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यवद्धता भन्ने नारासहित दिवस मनाइँदैछ ।’