बिहिवार , भाद्र १८, २०८३
काठमाडौँ, १८ भदौ । प्रतिनिधि सभा बैठक चलिरहँदा नेपाली काँग्रेस सांसद भरत खड्का सभाकक्षमै ढल्नुभएको छ ।
सभाको बिहीवारको जारी बैठकमा सत्तारुढ दलका रास्वपाका सांसद शोम शर्मा बोलिरहेको समयमा सांसद खड्का आफू बसेकै कुर्सीमा ढल्नुभएको हो ।
उहाँले ढलेपछि सभामुख अर्यालले सांसद शर्मालाई केही समय रोक्नुभएको थियो । उहाँले ब्लड प्रेसरको कारण ढलेको बताइएको छ । सांसद खड्कालाई उपचारको लागि वीर अस्पतालतर्फ लगिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij