२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

बाढी प्रभावितलाई विकिरण सहकारीद्वारा आर्थिक सहयोग

बिहिवार , भाद्र १८, २०८३

  • 490
    Shares
  • 490
    Shares
  • भैरहवा । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित विकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहतका लागि सहकारीले आर्थिक सहयोग गरेको हो।

    सहकारीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५३ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

    संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको सहकारीका अध्यक्ष डिल्लीराम अर्यालले जानकारी दिनुभयो।

    विपद्को कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले राहत अभियान तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुर्‍याउने जनाएको छ।

    अध्यक्ष अर्यालले संस्थाका शेयरसदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शुभेच्छुकले सहयोग गर्नुभएको जनाएको छ।