२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

माथिल्लो त्रिशुली ३ ए को सुरुङमा अड्किएका फोरम्यान साहलाई छाउनी ल्याइयो

शुक्रवार , भाद्र १९, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौँ, १९ भदौ । माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ ।


    शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उहाँलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो । आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि ल्याइएको हो ।

    साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका हुनुहुन्थ्यो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उहाँ सुरुङमा फस्नुभएको थियो । बाढीका कारण हालसम्म १ हजार २ सय जनाको निधन भइसकेको छ । अझै २ हजार २ सय भन्दा बढी नागरिक बेपत्ता रहेका छन् ।