images

मंगलवार, जेठ १ गते २०८१

सिद्धार्थनगरको आइसोलेशन सेन्टरमा ३५ जनाले लिए सेवा

सिद्धार्थनगरको आइसोलेशन सेन्टरमा ३५ जनाले लिए सेवा

images
images
images
बिहिवार, जेठ ६ २०७८
बिहिवार, जेठ ६ २०७८
  • सिद्धार्थनगरको आइसोलेशन सेन्टरमा ३५ जनाले लिए सेवा

    भैरहवा, ६ जेठ ।

    रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टरमा हालसम्म ३५ जनाले सेवा लिएका छन् । ३५ जनामध्ये २० जना निको भएर घर फर्किएका छन् भने बाँकी १५ जनालाई चितवन, काठमाडौं र भैरहवास्थित भीम अस्पतालमा रिफर गरिएको नगरपालिकाले जनाएको छ ।

    सिद्धार्थनगरको बसपार्कमा सञ्चालन भएको आइसोलेशनमा अहिले ९ जना कोरोना कोरोना संक्रमित बिरामीले उपचाररत छन् ।

    images
    images
    images

    आइसोलेशन सञ्चालनमा खटिएका चिकित्सकसहित ३ जना अहिले कोरोना संक्रमित भएका छन् । सेन्टरमा संक्रमितको उपचारमा खटिएका डा. अरुण खरेलसहित अहेव १ जना र १ जना कर्मचारीमा कोराना भाइरस कोभिड–१९ पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

    संक्रमित डा. खरेल अहिले पनि बाहिरबाटै संक्रमितको उपचार र परामर्शमा लागेका छन् । सेन्टरमा स्वास्थ्यकर्मीको कमी हुन नदिन नगरपालिकाका विभिन्न वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुका स्वास्थ्यकर्मी कर्मचारीहरु पनि आइसोलेशन सेन्टरमै खटिनुपरेको अधिकृत मरासिनीले बताए । जसले गर्दा वडास्तरमा काम प्रभावित बनेको छ ।

    आइसोलेशन सेन्टर सञ्चालनका क्रममा अहिले आवश्यक पर्ने अक्सिजन सिलिण्डर पुगिरहेको सेन्टरका व्यवस्थापक कपिल थापाले बताए । आइसोलेशन सेन्टरमा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखा, रोटरी क्लब, युनिसेफ, माइती नेपाल लगायतका संघ–संस्थाले सहयोग गरेको नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले बताए । रेडक्रस शाखाका प्रतिनिधि संजिव रेग्मी हरेक दिन आइसोलेशन सेन्टरमा पुग्नुभएको ज्ञवालीले जानकारी दिए ।

    भीम अस्पतालमा बेड अभावले बिरामी यहाँ ल्याउनु परेको बिरामीका कुरुवा सन्तोष गौतमले बताए । अस्पतालबाट बेड र अक्सिजन नपाएर दुई पटक फर्किएको गौतमले बताए । यसैबीच सिद्धार्थनगर नगरपालिकाद्वारा सञ्चालित बेलहिया हेल्प डेस्कमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ ।

    हेल्पडेस्कमा कार्यरत कर्मचारीमध्ये ५ जना कोरोना संक्रमित भएपछि थप कर्मचारी पठाइएको नगरपालिकाले जनाएको छ । यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । विगत २ हप्तादेखि होम आइसोलेशनमा बसेका नगरप्रमुख अधिकारीको रिपार्ट आज नेगेटिभ आएको अधिकारीले बताए  । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij