शनिवार , भाद्र २०, २०८३
भैरहवा, २० भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनी (भैरहवा) मा ‘हाम्रो लन्च बक्स’ सञ्चालनमा आएको छ । स्थानीयस्तरमा स्वच्छ, स्वस्थ, स्वादिलो तथा घरमै तयार गरिएको दीवा खाना र टिफिन सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवसाय सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख सल्लाहकार पंकज यादवले बताउनुभयो। सल्लाहकार यादवका अनुसार यो संस्थाले व्यस्त विद्यार्थी, व्यवसायी तथा परिवारका सदस्यहरुलाई सहज र भरपर्दो भोजन सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
घरमै तयार गरिएको स्वच्छ, पौष्टिक र स्वादिलो खाना ग्राहकसम्म पुर्याउने, विद्यार्थी, कर्मचारी र परिवारका लागि नियमित टिफिनरलन्च सेवा उपलब्ध गराउने, ग्राहकको आवश्यकता र रुचीअनुसार विभिन्न प्रकारका भोजन तथा टिफिन सेट तयार गर्ने, स्वच्छता, गुणस्तर, समयपालना र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने र स्थानीय उत्पादन तथा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन गर्ने संस्थाको प्रमुख कार्य भएको सल्लाहकार यादवको भनाइ छ । उहाँले भदौ १ गतेदेखि नै सेवा सुरु गरिएको बताउँदै अहिले दैनिक २ सयको हाराहारीमा खाना–खाजा विक्री गरिरहेको बताउनुभयो ।
‘हाम्रो लन्च बक्सको महत्वपूर्ण उद्देश्य महिला सशक्तिकरणको विकास हो, जसमा महिलाहरुलाई रोजगारी तथा उद्यमशीलताको अवसर प्रदान गर्नु हो । हाम्रो यस संस्थाको उद्देश्य महिलाहरुको कुकिङमा रहेको कला र दक्षतालाई प्रोत्साहन गरी अगाडि बढ्नु हो, ’शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
खाना तयारी, प्याकिङ, गुणस्तर व्यवस्थापन, ग्राहक सेवा तथा अन्य आवश्यक कार्यहरुमा महिलाको सहभागीता बढाउँदै उहाँहरुको सीप, आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य समेत राखिएको उहाँको भनाइ छ । यसबाट स्थानीयस्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरु सिर्जना गरिएको उहाँले बताउनुभयो । उहाँले खाना–खाजा खाना घरबाट बाहिर जानुपर्दैन, तपाईले आफ्नै ढोकामै यो सुविधा पाउनुहुनेछ । संस्थाले बिहानको नास्ता ६० रुपैयाँमा, भेज लन्च बक्सको १८० रुपैयाँमा, चिकेन लन्च बक्सको २८० रुपैयाँमा र मटन लन्च बक्सको ३८० रुपैयाँ तोकेको छ । खानाको लागि उच्च गुणस्तरको लन्च बक्सको प्रयोग गरिएको छ।
हाललाई १५ जनाले यो संस्थामा रोजगारी पाएको र यो संस्थाले भैरहवाभरी निःशुल्क होम डेलिभरी गर्दै आएको छ । संस्थाका प्रमुख साझेदारहरु प्रमोद कुमार यादव, अमित कुमार कर्ण, आनन्द कर्ण र राजु पाण्डे हुनुहुन्छ । यसको प्रमुख सल्लाहकार पंकज यादव हुनुहुन्छ । हाम्रो लन्च बक्समा तयार गरिने परिकारमा मैदाको प्रयोग नगरिने संस्थाले जनाएको छ ।
ग्राहकलाई घरको जस्तै स्वाद, स्वच्छता र गुणस्तरयुक्त खाना उपलब्ध गराउनु, स्वस्थ तथा सन्तुलित भोजनको संस्कारलाई प्रोत्साहन गर्नु, समयमै भरपर्दो टिफिन तथा लन्च सेवा प्रदान गर्नु, महिला तथा स्थानीय जनशक्तिलाई रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्नु, स्थानीय बजारमा गुणस्तरीय तथा विश्वसनीय भोजन सेवाको पहिचान स्थापित गर्नु र ग्राहकको विश्वास र सन्तुष्टीलाई केन्द्रमा राखी दीर्घकालीन व्यवसाय निर्माण गर्नु हाम्रो लन्च बक्सको मुख्य उद्देश्य रहेको सञ्चालक आनन्द कर्णले बताउनुभयो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij