२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

बाढीमा ज्यान गुमाउनेहरुको स्मृतिमा दीप प्रज्वलन

शनिवार , भाद्र २०, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, २० भदौ । नागरिक सचेतक समाज सिद्धार्थनगर, रुपन्देहीले गत भदौ १० गते भोटेकोशी रसुवागढीमा आएको बाढीमा परी ज्यान गुमाउने नागरिकहरुको शान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम गरेको छ । 

    भैरहवाको बुद्धचोकमा शनिबार साँझ बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । १० गतेको बाढीमा परी अहिलेसम्म एक हजार तीन सय भन्दा बढीको मृत्यु भएको छ भने झण्डै पाँच हजार जना हराइरहेका छन् । रसुवा, नुवाकोट, धादिङ्गलगायतका जिल्लाका नदी किनारमा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । 

    बाढीमा परी ज्यान गुमाउनेहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा समाजका संयोजक नारायण सापकोटाले बाढीमा परी बेपत्ता भएका नागरिकको खोजबिन तथा उद्धार गर्न र विस्थापित नागरिकलाई पुनस्र्थापित गर्न सरकारसँग माग गर्नुभयो । 

    WhatsApp Image 2026-09-05 at 9.50.36 PM (1).jpeg

    सो अवसरमा भैरहवा क्षेत्रका अगुवा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । वि.सं. २०६३ सालमा गठित नागरिक सचेतक समाजको शनिबार नै पुनर्गठन पनि गरिएको छ । पुनर्गठित समितिमा संयोजकमा नारायण प्रसाद सापकोटा, सचिवमा कुलमणि ज्ञवाली र कोषाध्यक्षमा शेषनारायण भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डा.गितु गिरी, डा.दामोदर ढकाल, डिल्लीराज भट्टराई, कुलानन्द ज्ञवाली, भीष्म पन्थी, तारापति भण्डारी, लक्ष्मीप्रसाद शर्मालगायत रहनुभएको छ ।

    राष्ट्र, राष्ट्रियता, नागरिक अधिकार र न्यायिक सर्वोच्चताको लागि नागरिक सचेतक समाजलाई सक्रिय बनाउन आगामी दिनमा कार्ययोजना बनाउने निर्णय पनि गरिएको छ ।