२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

नवलपरासीदेखि कञ्चनपुरसम्म छुट्टै प्रदेशका लागि संघर्ष गर्नुपर्छ : उपेन्द्र यादव

आइतवार , भाद्र २१, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • परासी, २१ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्ला समेटेर छुट्टै प्रदेश निर्माणका लागि संघर्ष गर्न आह्वान गर्नुभएको छ ।

    आइतबार पश्चिम नवलपरासीको परासीमा आयोजित अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशी समुदायको हक-अधिकार सुनिश्चित गर्न तथा राज्यसत्तामा समान पहुँच स्थापित गर्न तराईका जिल्लामात्र समेटिएको प्रदेश आवश्यक रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले छुट्टै प्रदेशको मुद्दालाई राजनीतिक संघर्षका रूपमा अघि बढाउन नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले वर्तमान सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै लोकतन्त्र र संघीयता नै कमजोर बनाउने प्रयास भइरहेको दावी गर्नुभयो । प्रधानमन्त्रीले सबै निर्णय आफैं लिँदा मन्त्रीदेखि राज्यका विभिन्न निकायसमेत कमजोर बन्दै गएको उहाँको जिकिर थियो ।