२०८३, भाद्र २४ गते

Sep 09 2026 | २०८३, भाद्र २४ गते

लुम्बिनी प्रदेश कोषाध्यक्षसहित दुईजना जसपा नेपालबाट निष्काशित

बुधवार , भाद्र २४, २०८३

  • 619
    Shares
  • 619
    Shares
  • भैरहवा, २४ भदौ । जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई पार्टीले कारवाही गरेको छ । प्रदेश कोषाध्यक्ष केवट रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

    पार्टीको नीति, सिद्धान्त, निर्णय तथा विधानविपरीत कार्य गर्नुका साथै पार्टीको हित र अनुशासनविपरीत गतिविधि तथ अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रुपमा संलग्न रहेको भन्दै पार्टीले जसपा नेपालले कारवाही गरेको हो । 

    पार्टीको विधान तथा प्रचलित नियमबमोजिम दुवैजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी भदौ २४ गतेदेखि लागू हुने गरी पार्टीको सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको जसपा नेपाल लम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।

    801808337_2732458687156665_1767918426330445701_n (1).jpg