२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

राधाकृष्ण युवा क्लबद्वारा रक्तदान, ४२ यूनिट रगत संकलन

शनिवार , भाद्र २७, २०८३

  • 31
    Shares
  • 31
    Shares
  • बुटवल, २७ भदौ । राधाकृष्ण युवा क्लबको १६ औं रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । ‘युवा पुस्ताको सोच, समृद्ध नेपालको खोज’ नारासहित स्थापना भएको क्लबले शनिबार माईटीटोल आमा समुहको भवनमा रक्तदान कार्यक्रम गरेको हो । 

    कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग दिएर उद्घाटन गर्दै बुटवलमा दुई वडामा युवाहरुलाई एकताबद्ध गरी सामाजिक कार्यमा अग्रसर गराउन क्लब सफल भएको बताउनुभयो । साँस्कृतिक, खेलकुद, स्वास्थ्य, लागूऔषधविरुद्ध सचेतना जगाउने जस्ता हरेकजसो क्षेत्रमा क्लबबाट वर्षभरी नै विभिन्न कार्यक्रम गर्दै आएको भन्दै उहाँले समाजमा रहेका विकृति–विसंगति हटाउँदै सभ्य र सुन्दर नगर बनाउने अभियानमा हातेमालो गर्न सफल भएको बताउनुभयो ।

    कार्यक्रममा वडा नम्बर ६ का कार्यबाहक अध्यक्ष चिनकाजी श्रेष्ठ, माईटीटोल आमा समूह संस्थाका अध्यक्ष सीता जोशी, सल्लाहकार राजकुमार गुप्ता, शान्तिटोल विकास संस्थाका सीताराम महतो, कालिका टोल विकास संस्थाका सचिव जयलाल काफ्लेले समाज परिवर्तनमा युवाहरुको भूमिकाबारे प्रकाश पार्दै क्लबबाट भएका महत्वपूर्ण कामको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा क्लबका अध्यक्ष रिम सारूले भोटेकोशीमा गएको बाढीबाट पीडितहरुलाई स्वास्थ्य उपचारमा आवश्यक रगतसँगै आर्थिक सहयोग जुटाउने गरी कार्यक्रम गरिएको बताउनुभयो । क्लबका सदस्यहरुबाट संकलन भएको आर्थिक सहयोग प्रधानमन्त्री बाढी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उहाँले बताउनुभयो ।

    1ddbeaab-3bf3-4c37-8506-3d1fdfd4107b.jpg
    undefined

    युवाहरुलाई एकताबद्ध गरी व्यक्तिगत फाइदाभन्दा माथि उठेर समाजको विकास अग्रसर हुने गरी रचनात्मक कामा आफूहरु लागेको क्लबका सचिव शंकर परियारले बताउनुभयो । युवाहरुलाई दुव्र्यसनीबारे बुझाउँदै नेतृत्व, क्षमता विकास गर्दै समुदायमा असल नागरिक बनाउने अभियानमा क्लब लागेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ यूनिट रगत संकलन भएको संयोजक कमल सिंजालीले बताउनुभयो ।