२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

विश्वकर्मा पूजाको अवसरमा बिहीबार रोहिणीमा स्थानीय बिदा

बुधवार , भाद्र ३१, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, ३१ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा असोज १ गते बिहीबार (भोली) स्थानीय बिदा दिएको छ । 

    असोज १ गते रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामूदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । साथै अध्यक्ष यादवले विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण रोहिणीबासीहरुमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    813525484_1547413016705819_1603852310628993142_n.jpg