२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

आहा ! कति सुन्दर लुम्बिनी। १६ तस्वीरसहित

शनिवार , जेठ ८, २०७८

  • 10.9K
    Shares
  • 10.9K
    Shares
  • लुम्बिनी, ८ जेठ। शान्तिका अग्रदुत बुद्ध जन्मस्थल, लुम्बिनी। बिश्व शान्तिको मुहान। विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र। शान्तिप्रेमीको पहिलो रोजाई।

    विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण पवित्र उद्यान, लुम्बिनी यती बेला सुनसान छ। प्राकृतिक सुन्दरताले पूर्ण छ, लुम्बिनी।

    IMG_7769.jpg

    पर्यटकीय आकर्षणको केन्द्र लुम्बिनी बौद्ध बिहार र गुम्बाका बनावट, कलाशैलीले उत्तिकै आकर्षक छ भने निषेधाज्ञाका कारण कम भएको प्रदुषणका कारण शान्त र आर्कषक छ। प्रकृतिसंग रमाउनेहरुका लागि यति बेला लुम्बिनी वास्तवमै स्वर्गको टुक्रा जस्तै छ। मायादेवी मन्दिर वरीपरी फुलेका फुलेले मान्छेको मनलाई आनन्दित मात्रै बनाउँदैन सकारात्मक उर्जा समेत प्रदान गर्ने गर्दछ। अरु बेला पर्यटकको ओइरो लाग्ने लुम्बिनी निषेधाज्ञाका कारण अहिले आफ्नै सुरमा रमाएको छ।

    तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा निषेधाज्ञाले सन्नाटा छाए पनि प्रकृति भने आफ्नै पारामा रमाएको छ। मायादेवी मन्दिर प्रवेशद्वार बन्द गरिएको छ। पर्यटकीय आकर्षणका क्षेत्र केन्द्रीय नहर, शान्तिद्वीप, साउथ पोन्ड र सर्कुलर लेभी सबै सुनसान छन्। लुम्बिनी भित्रका मन्दिर, बिहार, गुम्बा र स्तुपहरु बन्द छन्। शब्द : दीपक घिमिरे/ तस्वीर : माेहम्मद अयुब

    IMG_7805.jpg

    IMG_7834.jpgIMG_7850.jpg

    IMG_7799.jpg

    IMG_7802.jpgIMG_7392.jpg

    IMG_7794.jpg

    IMG_7793.jpg

    IMG_7791.jpgIMG_7412.jpgIMG_7401.jpgIMG_7360.jpg

    IMG_7777.jpgIMG_7761.jpg