२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बिहिवार , आश्विन ८, २०८३

  • 127
    Shares
  • 127
    Shares
  • भैरहवा, ८ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडास्थित पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान करिब ९ः१५ बजे सन्धिखर्कबाट किमडाँडातर्फ जाँदै गरेको लु ५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो । 

    दुर्घटनामा ट्याक्टर चालक सन्धिखर्क नगरपालिका–८ काउलेचौपारी बस्ने अन्दाजी ३६ वर्षीय सुरज विश्वकर्माको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    प्रहरी निरीक्षक फल बहादुर गुरुङका अनुसार दुर्घटनाको खबरप्राप्त हुनासाथ प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।