शुक्रवार , आश्विन १६, २०८३
काठमाडौँ, १६ असोज । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिइनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन् ।
बैठकमा मन्त्रीहरूले तोकिएका मन्त्रालयको तर्फबाट सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सदन समक्ष टेबुल गरेका हुन् । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुदन गुरुङले सभा समक्ष टेबुल गर्नुभयो । गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नहरूको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा पेश गर्नुभयो ।
पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरू मदनकुमारी साह र पदमबहादुर परियारको मौखिक प्रश्न तथा सोमनाथ पोर्तेलको लिखित प्रश्नको उत्तर पनि गृहमन्त्री लम्सालको तर्फबाट प्रश्तुत गरिएको थियो । बैठकमा टेबुल गरिएका यी प्रश्नहरूको उत्तर अध्ययनका लागि पिजन हलमा राखिएको जानकारी अध्यक्षबाट गराइएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij