२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

शारीरिक अपांगता घुम्ती शिविरमा ८८ जना बालबालिकाले लिए सेवा

सोमवार , आश्विन १९, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, १९ असोज । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सञ्चालित शारीरिक अपांगता घुम्ती शिविरमा ८१ जना बालबालिकाले सेवा लिएका छन् । सिद्धार्थनगर नगरपालिका र अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (एचआरडीसी) बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा भीम अस्पतालको समन्वयमा आइतबार शिविर भएको हो ।

    आयोजकका अनुसार शिविरमा ७५ जना फिजियोथेरापी सेवा लिएका छन् । जसमध्ये १० जनालाई सहायक सामग्री (विशेष किसिम) को जुत्ता वितरण भएको छ । ४ जनालाई प्लास्टर लगाइएको छ । ३७ जनाको अर्थाेपेडिक सहायक सामाग्री नापजाँच भएको छ । त्यस्तै १०जना बालबालिकाले शल्यक्रियाका गर्ने मिति पाएका छन् भने ३ जनालाई डाक्टर परामर्शको मिति दिइएको आयोजकले जनाएका छन ।

    dddeeeee.JPG

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले विगतका वर्षहरुमा पनि यस्तो शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले उपचारका लागि काठमाडौं जानुपर्दा समय र पैसा दुवैको खर्च हुने भएकोले बालबालिकाको उपचारको सहजताका लागि स्थानीयस्तरमै शिविर सञ्चालन गरिएको बताउनुभयो । 

    त्यस्तै अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको लुम्बिनी प्रदेश प्रमुख लेखनाथ आचार्यले सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले अपांगता भएका बालबालिकाहरुका लागि शिविर सञ्चालन गर्ने कुरामा विशेष चासो लिनुभएको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले स्थानीयस्तरमा शिविर सञ्चालन हुँदा समय र पैसाको बचत भएको बताउनुभयो ।