images

शुक्रवार, बैशाख १४ गते २०८१

सरकारले छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्नुपर्छ :  सिद्धार्थ उवा संघ

सरकारले छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्नुपर्छ :  सिद्धार्थ उवा संघ

images
images
images
आइतवार, जेठ ९ २०७८
आइतवार, जेठ ९ २०७८
  • सरकारले छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्नुपर्छ :  सिद्धार्थ उवा संघ

    भैरहवा, ९ जेठ । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नागरिकलाई कोरोना संक्रमणबाट बचाउन छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्न तथा खोप आयातका लागि कुटनीतिक पहल तीव्र पार्न अपील गरेको छ । नेपाल सरकार तथा राज्य संयन्त्रमा पहुँच भएका सम्बन्धित सबैमा आफ्ना राजनीतिक, सामाजिक अनुभव र कुटनीतिक सम्बन्धहरुलाई प्रयोग गर्दै छिटो भन्दा छिटो खोपको सुनिश्चितता गर्नुपर्ने संघको आग्रह छ । 

    कोभिडको दोस्रो लहरको संक्रमणबाट नागरिकले उपचारको सुविधा समेत पाउन नसकेको तथा ठूलो संख्यामा नागरिकहरुले ज्यान गुमाउनु परेको यथार्थ तथा संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको भन्दै संघले आइतबार विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार पनि कोरोनाको असर कति समयसम्म रहने भन्ने अन्यौलताका बीच निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन नसक्ने सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । विश्वका कतिपय राष्ट्रहरु तथा स्वास्थ विज्ञहरुको अनुभव र परामर्श अनुसार कोभिडविरुद्धको खोप नै नै कोरोना संक्रमण नियन्त्रणको महत्वपूर्ण उपाय हो भन्ने पुष्टि भइसकेको श्रेष्ठले बताए ।                                                                              

    ‘कोरोना संक्रमण रोकथामको लागि निषेधाज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व, कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका र व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेका छन्, ’विज्ञप्तीमा उल्लेख छ । 

    विद्यमान कोभिड –१९ को दोस्रो भेरियन्टको विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि नेपाल सरकार, स्थानीय प्रशासनबाट गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञासम्बन्धिनीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरी आम नागरिक तथा उद्योगी व्यवसायीहरुले आ–आफ्ना दैनिक गतिविधिहरु पूर्ण रुपमा बन्द गरेको संघको भनाइ छ । 

    ‘कोरोनाविरुद्धको लडाईको आवश्यक तयारी पीसीआर परीक्षण, आवश्यक आइसोलेशन कक्षहरु निर्माण र अक्सिजन तथा भेन्टिलेटरको व्यवस्थापन गर्न नेपाल सरकारलाई पूर्ण सहयोग गरिरहेको हामी सबैमा अवगत नै छ, ’विज्ञप्तीमा भनिएको छ । appeal.jpg






    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij