२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिद्धबाबा सुरुङ्गमार्ग र प्रदेश सरकारको योजना फरकफरक हुन् : उपाध्यक्ष डा.गौतम

आइतवार , जेठ ९, २०७८

  • 6.2K
    Shares
  • 6.2K
    Shares
  • बुटवल, ९ जेष्ठ।

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले सिद्धबाबा सुरुङ्गमार्ग संघिय सरकारको योजना रहेको र प्रदेश सरकारको योजनासँग नबाझिने बताएका छन्। दुबै योजनाहरु फरकफरक रहेको र एक अर्कासँग नजुध्ने किसिमले तर्जुमा गरिएको डा. गौतमले स्पष्ट पारेका छन्। 

    उपाध्यक्ष गौतमले भने—‘भ्रममा नपर्नुस् सुरुङ्गमार्ग र प्रदेश सरकारले तर्जुमा गरेको योजना भिन्न भिन्न हुन्। बरु एकअर्काका परिपुरक हुन सक्छन् बाधक हुन सक्दैनन्। दुबै योजना आआफ्नै ढंगले क्रमिक रुपमा अघि बढ्छन्।’ छुट्टै बजेट, छुट्टै योजना र छुट्टै कार्यक्रम रहेको उल्लेख गर्दै उपाध्यक्ष डा. गौतमले भने—हामीले १० बर्षे छुट्टै योजना बनाएका छौं।

    पाल्पास्थित माथिल्लो सिद्धबाबा मन्दिरदेखि उत्तरतर्फ दोभान नजिकसम्म जम्मा १ हजार १ सय २६ मिटर संघिय सरकारले सुरुङ्ग मार्ग बनाउने र रुपन्देहीस्थित तल्लो सिद्धबाबाबाट उत्तरतर्फको माथिल्लो मन्दिरको बिचको भागमा सडक र अन्य बिविध संरचना प्रदेश सरकारले बनाउने योजना रहेको प्रष्ट पारेका छन्। 

    डा.गौतमले भने—‘सडक मात्र होईन, पहाड माथिबाट कटिङ्ग गरेर अरबौं रुपैयाँको ढुंगा गिट्टी निकासी गरिन्छ, माथि पार्क, होमस्टे, चिडियाघर, जिम हाउस, मेडिटेशन सेन्टर लगाएतका नयाँ संरचना निर्माण गरिने छ।’