२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

जनकपुरधाममा विजयादशमीको रौनक

बुधवार , आश्विन २१, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • जनकपुर, २१ असोज । नेपालीहरूको महान चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ ।

    यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । जनकपुरधाममा यसवर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लवहरू सक्रिय रूपमा जुटेका छन् ।

    जा जनकका कुलदेवी मानिने प्रसिद्ध राजदेवी मन्दिर परिसरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा विभिन्न समिति तथा उपसमिति गठन गरेर काम गरिरहेको छ । महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहकाअनुसार अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष दशैँलाई थप भव्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । मन्दिर परिसरमा आकर्षक पण्डाल निर्माण र विद्युतीय सजावटका कार्यहरू अन्तिम चरणमा पुगेका छन् । 

    त्यस्तै, राम युवा कमिटीले पनि बौद्धी माता र अमरखाना माइ मन्दिरमा पूजाको तयारी शुरु गरेको छ । राम युवा कमिटीका अध्यक्ष विजय साहले धार्मिक अनुष्ठानसँगै दशैँलाई व्यवस्थित बनाउन सरसफाई र व्यवस्थापकीय पाटोमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो ।

    केबल राजदेवी र राम मन्दिर मात्र नभई जनकपुरका विद्यापति चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान र रजौल लगायतका स्थानहरूमा पनि स्थानीय युवा क्लवहरूले दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाको तयारी गरिरहेका छन् । मन्दिर र पूजा स्थलहरूलाई रंगीचंगी बत्ती र कलात्मक पण्डालले सिँगार्ने कार्यले जनकपुरधाममा दशैँको उत्साहपूर्ण वातावरण छाएको छ ।