२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

विश्व दृष्टि दिवसमा शुद्धोदनमा ७० जनाको निःशुल्क आँखा परीक्षण

बिहिवार , आश्विन २२, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • भैरहवा, २२ असोज । विश्व दृष्टि दिवस-२०२६ को अवसरमा रुपन्देहीको शुद्धोदन गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूका लागि बिहीबार निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाबाट गएको स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले आँखा परीक्षण गरेको थियो ।

    कार्यक्रमलाई शुद्धोदन आँखा उपचार केन्द्र, शुद्धोदन गाउँपालिकाले प्राविधिक सहयोग गरेको थियो भने शुद्धोदन अपांग संघ, शुद्धोदन गाउँपालिकाले समन्वय गरेको थियो ।

    शुद्धोदन गाउँपालिका, मानपकडी, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा ७० जना अपांगता भएका व्यक्तिहरूको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २६ जनालाई निःशुल्क औषधीसमेत वितरण गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले जानकारी दिनुभयो । त्यस्तै, विकलाङ्ग मित्र समूह, अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र, बनेपा नगरपालिका–११, काभ्रेपलाञ्चोकको समेत सहभागीता रहेको थियो ।

    आयोजकका अनुसार अपांगता भएका व्यक्तिहरूमा आँखासम्बन्धी समस्या पहिचान गरी समयमै उपचार तथा आवश्यक औषधी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।