बुधवार , आश्विन २८, २०८३
भैरहवा, २८ असोज । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था चाइल्ड वर्कर्स इन नेपाल (सिविन नेपाल) ले आर्थिक अवस्था कमजोर भएका अपांगता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।
सिविन नेपालअन्तर्गत सञ्चालित बाल हेल्पलाइन, रुपन्देहीको बेन परियोजनामार्फत सिद्धार्थनगर नगरपालिकामा रहेका ६ घरपरिवारलाई बुधबार सहयोग गरिएको हो । आर्थिक अभावका कारण दैनिक जीविकोपार्जन तथा खानपानको व्यवस्था गर्नसमेत कठिनाइ भएपछि ती परिवारलाई सहयोग गरिएको जनाइएको छ ।
परियोजनामार्फत प्रतिपरिवार ५० किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल, २ किलो नुन, २ किलो मटर, १ किलो चना, २ किलो चिउरा र दुईवटा नुहाउने साबुन वितरण गरिएको छ ।
आर्थिक अभावका कारण दैनिक आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका अपांगता भएका बालबालिका तथा उनीहरूका परिवारलाई खाद्यान्न सहयोगले दैनिक जीवनयापनमा राहत पुग्ने अपेक्षा गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij