२०८३, कार्तिक १९ गते

Nov 05 2026 | २०८३, कार्तिक १९ गते

चीनमा पाँचवटा विद्युतीय उड्ने विमानको एकसाथ सफल उडान

बिहिवार , कार्तिक १९, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • काठमाडौं, १९ कार्तिक । चीनको विद्युतीय ठाडो उडान तथा अवतरण (ईभीटीओएल) विमान निर्माता कम्पनी अटोफ्लाइटले पाँचवटा विमान एकसाथ उडाएर नयाँ उपलब्धि हासिल गरेको छ । चीनको पूर्वी जियाङ्सु प्रान्तको कुनसानमा कम्पनीले पाँचवटा ईभीटीओएल विमानको एकसाथ सफल उडान परीक्षण गरेको हो ।

    पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत गरिएको उक्त उडान ४७ मिनेटसम्म सञ्चालन भएको थियो । उडानका क्रममा पाँचवटै विमानले संयुक्त रूपमा १३३ किलोमिटरभन्दा बढी दूरी पार गरेका थिए । यस उपलब्धिले स्वचालित उडान प्रविधि तथा विद्युतीय हवाई यातायातको विकासमा चीनले गरिरहेको प्रगतिलाई थप उजागर गरेको छ ।

    कम्पनीको यो परीक्षणलाई भविष्यमा सहरी हवाई यातायात तथा विद्युतीय विमानको व्यावसायिक प्रयोगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।