२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

नेपाली काँग्रेस रुपन्देही २ (ख) को पदस्थापन कार्यक्रम सम्पन्न

शुक्रवार , कार्तिक २०, २०८३

  • 835
    Shares
  • 835
    Shares
  • बुटवल, २० कार्तिक । नेपाली काँग्रेस १५ औं महाधिवेशन अन्तर्गत सम्पन्न रुपन्देही २ (ख) को अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नवनिर्वाचित सभापति रविन्द्रमान श्रेष्ठको सभापतित्व तथा केन्द्रिय सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित महाधिबेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिरुलाई सम्मान गरिएको थियो । 

    कार्यक्रमका बोल्दै केन्द्रिय सदस्य भण्डारीले पार्टीलाई थप मजबुत बनाएर लैजाने जिम्मेबारी १५ औं महाधिवेशनबाट युवाहरुको हातमा पुगेको बताउनुभयो । पार्टीमा ४० प्रतिशतभन्दा बढी युवा नेतृत्व आएको दावी गर्दै उहाँले अग्रजहरुको योगदानको कदर गर्नुका साथै अनुभवलाई सम्मान र आत्मसात गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । 

    पूर्व केन्द्रिय सदस्य रामबहादुर कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगरी पार्टीलाई एकढिक्का बनाएर लैजान सकेमा पार्टी र लोकतन्त्र थप बलियो हुने उल्लेख गर्नुभयो । उहाँले गाउँगाँउ, टोलटोल र शहरमा संगठन बिस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले नेपाली काँग्रेस स्थापनाकालदेखि नै आम जनताको पार्टी भएकोले जनताको विश्वासलाई साथमा लिएर मात्रै अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 

    aaasssdd.JPG

    सो अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, महाधिवेशन प्रतिनिधि दीर्घकुमार केसी, रुपन्देही–२ का क्षेत्रीय सभापति प्रजापाल गिरी, क्षेत्र २ (क) का सभापति जोवनसिंह ठकुरी, बुटवल उपमहानगरपालिका निवर्तमान सभापति खेलराज पाण्डेय, निर्वाचन अधिकृत माधव लगायतले नेपाली काँग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।