२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

भैरहवामा मुक्तिनाथको रथयात्रा, नगर परिक्रमा गराइने

आइतवार , कार्तिक २९, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २९ कार्तिक । मुक्तिनाथ मन्दिरबाट सुरु भएको मुक्तिनाथधामको रथयात्रा आइतबार (आज) साझ भैरहवा आइपुग्ने भएको छ । हिमालपारीको प्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्न नसक्ने भक्तजनलाई लक्षित गर्दै सुरु गरिएको मुक्तिनाथधामको रथयात्रा आज साँझ भैरहवा आउने तय भएको हो । 

    बेलुका भैरहवास्थित हनुमान मन्दिरमा आइपुग्ने रथलाई सोमबार बिहान १० बजे लुम्बिनी गेटमा ल्याई नगर परिक्रमा गराईने श्रीगजेन्द्रमोक्ष धाम त्रिवेणिका अध्यक्ष कृष्ण प्रसाद शर्मााले जानकारी दिनुभयो । भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघ, धार्मिक तथा सामाजिक संघ–सस्थाका प्रतिनिधि र नगरबासीले बिहान साढे ९ बजे लुम्बिनी गेटमा जम्मा भएर स्वागत गरेर नगर परिक्रमा गराउने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

    गत कात्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा विभिन्न स्थानको यात्रा गर्दै सोमबार भैरहवा यात्रा गराई गजेन्द्रमोक्ष धाम पठाइनेछ । रथको भैरहवामा भव्य रुपमा स्वागत गरिने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिनुभयो । 

     

    WhatsApp Image 2026-11-15 at 3.27.01 PM.jpeg

    मंसिर १ गतेदेखि २९ गतेसम्म एक महिनासम्म सञ्चालन हुने अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ को पूर्व सन्ध्यामा रथ यात्रा गराइएको सचिव गणेश क्षेत्रीे जानकारी दिनुभयो ।

    श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको हो । महायज्ञलाई पनि पूर्ण रुपमा सहयोग गर्न तथा सफल बनाउन नगरवासीसँग आग्रह गरिएको छ । भैरहवाका धार्मिक तथा सामाजिक संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रथयात्रालाई भव्य रुपमा स्वागत गर्नका साथै महायज्ञलाई पुर्ण रुपमा सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको धामका कोषाध्यक्ष मंगल भण्डारीले जानकारी दिनुभयो ।