images

बुधवार, बैशाख १२ गते २०८१

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या घट्दै

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या घट्दै

images
images
images
बिहिवार, जेठ १३ २०७८
बिहिवार, जेठ १३ २०७८
  • रुपन्देहीमा सक्रिय संक्रमितको संख्या घट्दै

    भैरहवा, १३ जेठ । 
    रुपन्देहीमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ११ रहेकोमा बिहीबार ३ हजार ५ सय ३० पुगेको हो । जसमध्ये चिन्ह लक्षण भएको संक्रमितको संख्या २५८ र होम आइसोलेशनमा बसेको संख्या ३ हजार २ सय ७२ रहेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

    images

    स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या क्रमश : जेठ ४ गते ६ हजार २ सय ४३, ५ गते ५ हजार ८ सय ८८, ६ गते ५ हजार ६ सय ९१, ७ गते ५ हजार ५ सय ६०, ८ गते ५ हजार १ सय ९४, ९ गते ४ हजार ५ सय ३८, १० गते ४ हजार २ सय ५७, ११ गते ३ हजार ९ सय ८७, १२ गते ३ हजार ८ सय ११ र १३ गते ३ हजार ५ सय ३० रहेको छ । 
    त्यस्तै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २२ हजार नाघेको छ ।

    हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १९ रहेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । त्यसै गरी रुपन्देहीमा हालसम्म ४०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८४ संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै बुटवल उपमहानगरपालिकामा २७, सिद्धार्थनगर नगरपालिकामा २०, सियारी गाउँपालिकामा ४, सैनामैना नगरपालिकामा ८, ओमसतिया गाउँपालिकामा २, कञ्चन, शुद्धोधन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३/३, सम्मरीमाई गाउँपालिकामा ५, देवदह नगरपालिका, गैडहवा र कोटहीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । 

    यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २५ हजार ९ सय ५६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
    रुपन्देहीमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासन कार्यालयले निषेधाज्ञा जेठ २० गतेसम्म लागि थपेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij