२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

नवलपरासीमा छिमेकीको कुटपिटबाट ५५ बर्षिय पुरुषको मृत्यु

बिहिवार , जेठ २०, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • नवलपरासी, २१ जेठ ।

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा छिमेकीको कुटपिट बाट घाईते भएका एक ब्यक्तीको उपचार क्रममा मृत्यु भएको छ।

    मृत्यु हुनेमा बर्दघाट १२ भटौलीया निवासी अन्दाजी बर्ष ५५ का क्षेदि गोसाई रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । मङ्गलबार ७:५० को समयमा भटौलिया बस्ने अन्दाजी ६० बर्षका स्थानिय बिष्णु आचार्यसग सामान्य बिबाद भएको र बिवाद पछि गोसाइमाथि कुटपिट भएको बुझिन आएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

    मृतक गोसाइलाई आचार्यले लाठी प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको थियो। गोसाईलाई स्थानीय चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल स्थित तिनाउ अस्पताल पठाईएकोमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको बर्दघाट १२ का अध्यक्ष मान बहादुर मल्लले जानकारी दिए ।

    कुटपिट गर्ने आचार्यलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।