
आइतवार , भाद्र ७, २०७७
भैरहवा, ७ भदौ ।
रुपन्देहीमा गत आर्थिक वर्षमा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा अपराधका घटना अघिल्ला दुई आर्थिक वर्ष भन्दा चार सय ७१ ले घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३६६ वटा अपराधका घटना दर्ता भएको प्रहरीको तथ्यांकमा छ । यो संख्या आर्थिक वर्ष २०७५/७६ मा १ हजार ८३७ र आर्थिक वर्ष १ हजार ६५२ थियो । अपराधका घटनामा कमी आए पनि आत्महत्या, अभद्र व्यवहार, यौन दुव्र्यवहारका घटना भने बढेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।
जिल्ला प्रहरीमा आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३६६ मुद्दा दर्ता भएकोमा ८ सय ५३ वटा मुद्दा फछ्र्यौट भएका छन् । दर्ता भएका मुद्दामध्ये ६२ प्रतिशत मात्र फछ्र्यौट भएको छ भने ५ सय १३ वटा बाँकी मुद्दा चालु आर्थिक वर्षमा फछ्र्यौटका लागि थपिएका छ्न् । कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ९९ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ८९ प्रतिशत मुद्दा मुछ्र्यौट गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान सम्बन्धि २ सय ३७ वटा मुद्दा दर्ता भएको २३ वटा, आत्महत्याका २ य २९ वटा मुद्दामध्ये एउटा, चोरीका १ सय २१ मुद्दा मध्ये दुईवटा मुद्दा मात्र फछ्र्यौट भएको छ । गत वर्ष अभद्र व्यवहारका १ सय ३३, जवर्जस्तीकरणीका ६१, यौन दुव्र्यवहारका ५ र सवारी चोरीका ७ वटा घटना दर्ता भएका छन् ।
त्यस्तै संगठित अपराधका १ सय ९१, सामाजिक अपराधका ३ सय ३५, महिला तथा बालबालिका सम्बन्धी मुद्दा १ सय २१, सवारी सम्बन्धि मुद्दा १ सय ९, लागुऔषधका १ सय ४८, ठगीका ११, सरकारी छाप किर्ते, सवारी ज्यान ७८, बैंकिङ कसुरका १२ वटा र अन्य २३ शिर्षकका मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij