
मंगलवार , भाद्र ९, २०७७
तिलोत्तमा, ९ भदौ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ०६, १० मा बहुआयामिक खेलकुद मैदान निर्माण हुने भएको छ ।
नेपाल सरकार खेलकुद विभाग मन्त्रालय र तिलोत्तमा नगरपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत खेलमैदान हुने निर्माण समितिका अध्यक्ष दीपक पाठकले बताए ।
पाठकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा रू १ करोड बजेट रकम विनियोजन भएको थियो । उनकार अनुसार डिपीआर तयार गर्न रू २० लाख र निर्णय कार्य सम्पन्न गर्नरू ८० लाख छुट्टाइएको छ ।
हालसम्म तिलोत्तमा सामुदायिक पार्कको काम सम्पन्न भएको छ । त्यस्तै खेलमैदानको पर्खाल लगाउने कार्य पनि सम्पन्न भएको छ ।
त्यसै गरी तिलोत्तमा ब्याडमिन्टन कबर्ड हलको कार्य पनि सम्पन्न भइसकेको छ । यस क्षेत्रमा निर्माण सम्पन् भएको पार्कले यहाँका युवाहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनमा सहयोग मिल्ने सामुदायिक पार्कका कोषाध्यक्ष केशव भुसालले जानकारी दिए । देशकै नमूना नगरपालिका तिलोत्तमा नगरपालिका बन्दै गरेको अवस्थामा एउटा ईट्टा थपेको स्थानीयको भनाइ छ ।
तिलोत्तमा पार्कमा वृृक्षारोपण कार्य पनि सम्पन्न भएको छ भने यहाँ बालबालिकाको लागी बाल उद्यान र वनभोजको लागि पिकनिकसेडहरू पनि रहेको छ । यस क्षेत्रको वातावरण हरियाली सुन्दर र मनमोहक बनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij