images

आइतवार, बैशाख २३ गते २०८१

प्रदेश ५ मा मंगलबार थपिए एकसय कोरोना संक्रमित

प्रदेश ५ मा मंगलबार थपिए एकसय कोरोना संक्रमित

images
images
images
मंगलवार, भाद्र ९ २०७७
मंगलवार, भाद्र ९ २०७७
  • प्रदेश ५ मा मंगलबार थपिए एकसय कोरोना संक्रमित

    भैरहवा, ९ भदौ ।
    प्रदेश नम्बर ५ मा मंगलबार थप एक सय जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।  कोभिड–१९ पुष्टि हुनेमा ३१ जना महिला र ६९ जना पुरुष रहेका छन् । मंगलबार कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी रुपन्देहीको रहेका छन् ।

    images
    images
    images

    प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार  मंगलबार रुपन्देहीमा ५७, प्युठानमा १८, बाँकेमा ९, बर्दियामा ६, कपिलवस्तुमा ५, पाल्पामा ४ र गुल्मीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    मंगलबार सांझ ४ः३० बजेसम्मको अध्वाधिक विवरण अनुसार हालसम्म कपिलवस्तुमा १ हजार ६९, दाङमा ७ सय २८, पाल्पामा ५७२, बांकेमा ८७८, गुल्मीमा ३ सय ७४, अर्घाखाँचीमा ३४८, रुपन्देहीमा ७३३, प्यूठानमा ४३५, बर्दियामा ३२६, नवलपरासी पश्चिममा १८६, रोल्पामा ७८ र रुकुम पूर्वमा २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

    यो संगै प्रदेश ५ मा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५ हजार ७ सय ५१ पुगेको छ । संक्रमितमध्ये ८ सय ७९ महिला र ४ हजार ८ सय ७२ पुरुष रहेका छन् । प्रदेश ५ मा कोराना संक्रमित भइ हालसम्म ४ हजार ५ सय ६६ जना निको भएका छन् । त्यस्तै प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ जनाको पुगेको छ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij