२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘जसपामा रही जनताको सेवामा समर्पित हुन्छौं’

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, ४ साउन ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ चैनपुर र डोलपुरका स्थानीयले अबदेखि जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रही जनताको सेवामा समर्पित हुने बताएका छन् । सम्पूर्ण उत्पीडित जाति, समुदाय एवं वर्गको मुक्तिको लागि एक मात्र पार्टी जसपा रहेकोले अब यही पार्टीमा रहने उनीहरुको भनाइ छ । जसपा नेपालले अंगिकार गरेको संघीयता, शुसासन र समाजवादको नीतिबाट प्रभावित भइ पार्टीमा प्रवेश गरेको उनीहरुले घोषणा गरे । यस अघि स्वतन्त्र नागरिकको रुपमा रहे पनि अबदेखि जसपामा रही देश र जनताको लागि काम गर्ने सेराज अहमदले बताए ।

पार्टी प्रवेश गर्नेहरुमा रोहिणी–१ चैनपुरका सेराज अहमद, रिजवान पठान, सहिद अली, अब्दुल करिम खान र गोविन्द सहानी रहेको जसपाका युवा नेता विद्या यादवले बताए । त्यस्तै जसपामा प्रवेश गर्नेहरुमा रोहिणी–१ डोलपुरका समसुद्दीन पठान, विनोद भर अजय कहाँर रहेका छन् । नवप्रवेशीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), विद्या यादव, विजय चौधरी, सतिशचन्द्र मिश्रा, जोगिन्द्र चौधरी, रवि चौधरी लगायतले पार्टी प्रवेश गराएका थिए ।