२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री ओलीले अयोध्याबारे अभिव्यक्ति फिर्ता लिनुपर्छ : सांसद कंडेल

मंगलवार , श्रावण ६, २०७७

परासी, ३० असार ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले, प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभुमि अयोध्याबारे दिएको विवादस्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले नेपाल भारतको सम्बन्धमा दरार पैदा गर्ने र धार्मिक अस्थामा ठेस पु¥याउने खालको अभिव्यक्ति रहेको भन्दै उक्त अपुष्ट अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा ‘‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा हो, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन भारतले भारतमा नक्कली अयोध्या खडागरि सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, धार्मिक सहिष्णुत्ता र सामाजिक सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने खालको रहेकाले उक्त अभिव्यक्ति फिर्ता हुनु पर्ने नेता कंडेलले बताए ।
नेपाल भारतको सम्बन्धलाई विगार्ने र द्धन्द्ध सिर्जना गर्ने उक्त निराधार र प्रमाणविहिन अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको उक्त अभिव्यक्ति प्रधानमन्त्री ओलीले फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नु पर्ने नेता कंडेलले बताए ।

पूर्व गृहराज्यमन्त्री समेत रहेको नेता कंडेलले भने, प्रधानमन्त्री जस्तो सम्मानित पदमा बसेर यस्तो निराधार र द्धन्द्ध सिर्जना गर्ने खालको अभिव्यक्तिले नेपाल–भारत हिन्दु समुदायको सम्बन्धमा थप द्धन्द्ध सिर्जना गर्ने हुँदा उक्त अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्नु पर्ने आवश्यक रहेको प्रेस वक्तव्य मार्फत जानकारी दिए ।

केही समयदेखि नेपालमा जग्गा अतिक्रमणको विषय लिएर चिसिएको नेपाल–भारत सम्बन्धलाई कुटनीतिक पहल मार्फत सामाधान गर्नुपर्नेमा नेकपा नेतृत्वको सरकार असफल त भइ नै हाल्यो अब यस्तो प्रमाणविहिन अभिव्यक्तिले थप नेपाल भारतको सम्बन्ध र सौहार्द वातावरणलाई विगार्ने कार्य गरिरहेको नेता कंडेलले भने । सम्मानित पदमा बसेका सम्मानित व्यक्तिबाट यस्तो अभिव्यक्ति आउँदा प्रधानमन्त्री ओलीको मानसिक बिचलन भएको महसुस गरिरहेको बताए ।