images

सोमवार, बैशाख २४ गते २०८१

प्रदेश ५ मा बुधबार थपिए ७३ जना कोरोना संक्रमित

प्रदेश ५ मा बुधबार थपिए ७३ जना कोरोना संक्रमित

images
images
images
बुधवार, भाद्र १० २०७७
बुधवार, भाद्र १० २०७७
  • प्रदेश ५ मा बुधबार थपिए ७३ जना कोरोना संक्रमित

    भैरहवा, १० भदौ ।
    प्रदेश ५ मा बुधबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । कोभिड–१९ पुष्टि हुनेमा १२ जना महिला र ६१ जना पुरुष रहेका छन् । बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी रुपन्देही जिल्लाको रहेका छन् ।

    प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तुमा ५, बाँकेमा २२, गुल्मीमा १, रुपन्देहीमा २७, प्यूठानमा ८, बर्दियामा १ र पश्चिम नवलपरासीमा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    त्यस्तै रुकुम पूर्वमा सक्रिय संक्रमितको संख्या शुन्य पुगेको सूचना अधिकारी डा. पौडेलले जानकारी दिए । 

    यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ३२ पुगेको छ । जसमध्ये ८ सय ९३ महिला र ४ हजार ९ सय ३९ जना पुरुष रहेका छन् । 

    त्यस्तै सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमित भइ निको भएर डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ । प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । त्यस्तै प्रदेशमा स्थानीय तहको सहकार्यमा ५४० स्थानमा बनाइएको क्वारेन्टाइनमा १ हजार ६ सय १७ जना व्यक्ति बसिरहेका छन् । हाल प्रदेश का विभिन्न आइसोलेशनमा केन्द्रमा ८६१ जना रहेका छन् ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij