२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

प्रचण्ड, नेपाल र खनालको राष्ट्रपतिलाई ब्रिफिङ : महाअभियोगबारे छलफल नै भएको छैन्

मंगलवार , श्रावण ६, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाडौं, २१ असार ।
    राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर नेपाल कम्युनिष्ट पार्टी का शीर्षनेताहरुले आफूहरु राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउने बारे त्यस्तो कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

    आइतबार प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतलनिवासमा पुगेर अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्य मन्त्रीहहरुलाई बोलाएर ‘राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको’ बताएका थिए ।

    प्रधानमन्त्रीले यस्तो आरोप लगाएको भोलिपल्टै नेकपाका शीर्ष नेताहरु आइतबार शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको विवादमा राष्ट्रपतिलाई समेत तानेपछि आइतबार यसबारे स्पष्ट पार्न नेकपाका शीर्षनेताहरु प्रचण्ड, नेपाल र खनाल शीतलनिवास पुगेका हुन् ।

    ‘हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं, पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं,’ शीतलनिवासमा राष्ट्रपतिलाई भेटेर फर्केपछि एक नेताले भने, ‘राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै पनि प्रकारका कुनै क्रियाकलापप्रति सम्झौता गरिने छैन ।’
    नेकपाका शीर्ष नेताहरुले कुनै पनि गलत सूचनाको प्रभावमा नपर्न र उत्तेजना बढाउनेखालका क्रियाकलापहरुमा विश्वास नगर्न राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो ।

    प्रचण्ड निवास खुमलटारमा शनिबार दिउँसो नेकपाका सचिवालय सदस्यहरुले वकिललाई समेत बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाएका थिए ।