images

सोमवार, बैशाख २४ गते २०८१

प्रदेश ५ मा बिहीबार थपिए ९६ जना कोरोना संक्रमित

प्रदेश ५ मा बिहीबार थपिए ९६ जना कोरोना संक्रमित

images
images
images
बिहिवार, भाद्र ११ २०७७
बिहिवार, भाद्र ११ २०७७
  • प्रदेश ५ मा बिहीबार थपिए ९६ जना कोरोना संक्रमित

    भैरहवा, ११ भदौ ।
    प्रदेश नम्बर ५ मा बिहीबार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३० महिला र ६६ पुरुष रहेका छन् । बिहीबार सबैभन्दा बढी बाँकेमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तुमा १९, बाँकेमा ३३, रुपन्देहीमा ३२, बर्दियामा २ र पश्चिम नवलपरासीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ । जसमध्ये ९३७ महिला र ५ हजार ८२ पुरुष रहेका छन् । 
    सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमित भइ हालसम्म निको हुनेको संख्या ४ हजार ६ सय ८७ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै प्रदेश ५ को चार वटा कोरोना विशेष अस्पतालको सामान्य उपचार कक्षमा १०९ र सघन उपचार कक्षमा १८ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । प्रदेश ५ मा ५३५ स्थानमा बनाइएको क्वारेन्टाइनमा हाल १ हजार ४ सय जना छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij